Navigation
Hospital Number +977-1-5970360  , +977 71 591266

टेस्टट्युब बेबी बारे भ्रम र यथार्थ। 

July 08, 2024

टेस्टट्युब बेबी सम्बन्धी भ्रम र वास्तविकता।  

कुनै पनि दम्पतिले प्राकृतिक रुपमा गर्भधारण गर्न सकिरहेको छैनन् भने उहाँहरुले टेस्टट्युब बेबी गराउनु पर्ने हुन्छ। टेस्टट्युब बेबी सम्बन्धि धेरै भ्रम हरु छन्।  केहि भ्रमहरु यहाँ प्रस्तूत गरिएको छ:

  • टेस्टट्युब  गरेर जन्मिएको बच्चा असाधारण हुन सक्छ। समाजमा टेस्टट्युब जन्मेको बच्चा अप्राकृतिक हुन्छ र यस्ता बच्चाहरुमा जन्मजात खराबी हुने र सहि रूपमा बच्चाको बिकासक्रम नहुने भनेको सुन्न पाइन्छ।  तर यो भ्रम मात्र हो।  टेस्टट्युबको मध्यमबाट जन्मेका बच्चाहरु प्राकृतिक रूपमा जन्मेको बच्चाहरु जस्तै स्वास्थ्य हुन्छन्।  टेस्टट्युब  प्रक्रियाले भन्दा पनि अरु कारण जस्तै उमेर, पोलिसिस्टिक ओभेरिअन डिजिज (PCOD) र पुरुषको शुक्रकीटका कारण ईत्यादीले भने असर गर्न सक्छ। 
  • टेस्टट्युब  बेबी गरिसकेपछि अस्पतालमा भर्ना हुनु पर्छ र गर्भ आवस्था ९ महिना नै पूर्ण आराम गर्नु पर्ने हुन्छ। यो सरासर गलत हो।  टेस्टट्युब  गर्दा अण्डा निकाल्ने र भ्रुण स्तान्तरण गर्ने काम ओ पी डी (OPD) PROCEDURE मा पर्छ र अस्पतालमा भर्ना हुनु पर्दैन।  गर्भधारण सफल भएपछि कति आराम गर्ने भन्ने कुरा चाही बिरामीको स्थितिमा भरपर्छ।  प्राकृतिक रुपमा गर्भधारण भएको वा टेस्टट्युब  बाट गर्भधारण भएकोले गर्ने आराम उस्तै उस्तै हो। 
  • टेस्टट्युब  बाट गर्भधारण भएको महिलाहरुमा जटिलता हुने रे शल्यक्रियाबाट नै डेलिभरी हुने।  यो पनि एउटा भ्रम मात्रै हो।  टेस्टट्युब  बाट हुने गर्भधारण र प्राकृतिक रूपमा हुने गर्भधारणमा केहि फरक छैन र टेस्टट्युब  बाट गर्भधारण भएको बच्चाहरु पनि नर्मल डेलिभरीबाट जन्मन सक्छन्। 
  • एकपल्ट टेस्टट्युब  गरेर असफल भएमा फेरी गर्दा असफलनै हुन्छ।  कुनै पनि दम्पतिको पहिलो टेस्टट्युब असफल भएपनि दोस्रो चोटीको प्रयासमा हुने सम्भावना आझ धेरै हुन्छ।  चिकित्सकले अध्यन गर्ने र नया सोच बनाएर उपचार गर्दा सकारात्मक नतिजा आउने सम्भावना हुन्छ। 
  • टेस्टट्युब गर्दा जुम्लिहा / तिम्लिहा बच्चा हुने सम्भावना हुन्छ।   एउटामात्र भ्रुण राखेमा यो सम्भावना रहदैन।  तर दुइ वा दुइभन्दा बडी भ्रुण स्तान्तरण गर्दा चिकित्सकसंग सल्लाह गरेर यो समस्याको समाधान निस्कन्छ।

TEST TUBE/IVF मात्र सबै प्रजनन समस्याको उपचार हो ?  होइन IVF बाहेक ovulation induction (OI), IUI जस्ता पद्दतीबाट पनि थुप्रै निसन्तान दम्पतिले लाभ उठाई रहेका छन्। 


-डा. सबिना सिम्खडा

Ask A Doctor

Consult our top fertility specialists in Nepal for expert advice and guidance on your journey to parenthood.

More Blog